1. Leadership Part 1

Published on Slideshow
Static slideshow
Download PDF version
Download PDF version
Embed video
Share video
Ask about this video

Scene 1 (0s)

[Audio] नेतृत्व (Leadership) परिचयः– कुनै पनि नेता वा समुहको नेताले आफ्ना अधिनस्थ रहेका विभिन्न व्यक्ति कर्मचारीलाई तथा अनुयायीहरुलाई समुहगत लक्ष्य हासिल गर्नका लागि प्रयत्न गराउने तथा तल्लिन बनाउन प्रभावित पार्ने कला तथा प्रक्रियाहरुलाई नै नेतृत्व भनिन्छ । नेताले कर्मचारी वा समुहका सदस्य वा अनुयायीहरुलाई औपचारीक वा अनौपचारीक रुपमा विभिन्न क्रियाकलाप सम्बन्ध उत्प्रेरणा निर्देशन तथा नियन्त्रण जस्ता व्यवस्थापकिय रुपमा तथा प्रशासकिय क्रियाकलापको माध्यमले व्यवस्थित र प्रभावकारी कार्य वातावरण तथा कार्य संस्कार निर्माण गरि नेतृत्वदायी भुमिका निर्वाह गरेको पाउँदछौ । यस कार्यमा कर्मचारीलाई सकारात्मक तथा नकारात्मक उत्प्रेरणाका साथ संस्थागत लक्ष्यसँग व्यक्तिगत लक्ष्यलाई निहित बनाई संस्थाको उन्नति प्रगति सँग व्यक्तिगत वा कर्मचारी वृत्ति विकाश गराउने संस्कार बसाउँदछ । नेतृत्वको विशेषता -Feature of Leadership_ M– यो एक व्यवस्थापकिय कार्य हो यो लक्ष्य कार्यमुखि हुने यो एक मानविय व्यवहार सँग हुने कार्य हो यो एक प्रभावित पार्ने कला हो यो कार्य वातावरण र संस्कार गुणस्तरीय बनाउने कार्य सँग सम्बन्धित छ Leadership Part 1.

Scene 2 (12s)

[Audio] नियमित व्यवस्थापकिय कार्य तथा प्रक्रिया कर्मचारी वा अनुयायीको आवश्यकता र उत्प्रेरणाले प्रत्यक्ष प्रभाव पार्ने जटिल तथा कठिन व्यवस्थापकिय कार्य परिवर्तन शिल प्रक्रिया संस्थाका आन्तरिक र वाह्य वातावरणले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने आदि । नेतृत्वको उद्देश्य आवश्यकता महत्व -Purpose Needs objective Importance of Leadership_ M– संस्थागत लक्ष्य तथा उद्देश्य हासिल गर्न संस्थामा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्नु कर्मचारी तथा अनुयायीलाई प्रभावित पार्नु सम्बन्धित कार्य तथा जिम्मेवारीलाई प्रभावकारी तथा व्यवस्थित सम्पादन गर्नु संस्थामा संलग्न कर्मचारी वा सदस्यहरू बीच समन्वयन सहयोगी भावना सिर्जना गराई सामुहिक क्रियाकलापमा जोड दिन गुणस्तरिय कार्य वातावरण र संस्कारको विकास गर्नु कर्मचारीलाई उत्प्रेरणा जगाउनु संस्थाको समग्र कार्य दक्षता कार्य क्षमता उत्पादकत्व क्षमताको अभिवृद्धि गराउनु कर्मचारीलाई कार्यले उचित बाडफाँड सम्बन्धित कार्यमा जिम्मेवारी तथा जवाफदेही बनाउनु कर्मचारी तथा संस्थाको प्रतिनिधित्व गरी सम्बन्धित सदस्य तथा कर्मचारीको समस्या समाधान गर्नु कर्मचारीलाई निर्णय प्रक्रियामा सहभागि बनाई मनोबल बढाउनुको साथै निर्णय र कार्यन्वयन लाई प्रभावकारी बनाउनु कर्मचारी व्यवस्थापन बीचको सम्बन्ध सुमधुर बनाउनुको साथै औद्योगिक विवादलाई समाधान गर्न.

Scene 3 (15s)

[Audio] संस्थागत कार्य वातावरण र संस्कारलाई गुणस्तरीय बनाउन मानविय संसाधनलाई क्रियाशिल र उत्प्रेरित बनाउन आदि ।.